John 19:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरिमाथिया सहरबाट आएका योसेफ नाउँ गरेका एक जना चेला थिए। यहूदी अगुवाहरूको डरले उनले अरूले थाहा नपाउने गरी येशूलाई विश्‍वास गरेका थिए। अब उनले येशूको लाश लान पाऊँ भनी पिलातससँग मागे। पिलातसले पनि “हुन्‍छ, लैजाऊ,” भने। योसेफले गएर येशूको लाशलाई क्रूसबाट झारेर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि अरिमाथियाको योसेफ, जो यहूदीहरूको डरले गर्दा गुप्‍तमा मात्र येशूका चेला थिए, तिनले पिलातसलाई येशूको मृत शरीर लैजान पाऊँ भनी बिन्‍ती गरे। पिलातसले अनुमति दिए। तब तिनले आएर उहाँको मृत शरीर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजान पाऊँ भनी अनुमति मागे। योसेफ येशूका चेला थिए। तर यो कुरा गोप्य थियो; किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितालसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।
Nepali Tamang 2011
यहूदीगदेदेन छ्‌याम लोङ्सी स्‍य्‍हान्‍दोसे था आयाङ्ना येशूदा विश्‍वास लबा अरिमाथिया भिबा शहरला योसेफ भिबा चेला गिक मुबा। थेसे पिलातसदेन छ्‌याम येशूला लास ह्रीजी, जमाहेन्‍से पिलातससे थेदा “तला, भोर्गो” भिसी भिजी। जमाहेन्‍से थे निसी येशूला लास क्रुसग्‍याम मार तेःसी भोर्जी।