John 19:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसले फेरि एक पटक बाहिर निस्‍केर मानिसहरूको भीडलाई भने, “हेर, मैले यी मानिसमा दण्‍ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। यो कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले उनलाई तिमीहरूको अगाडि ल्‍याउँदै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि बाहिर निस्‍केर पिलातसले तिनीहरूलाई भने, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्‍याइरहेछु, र तिमीहरूलाई जनाउन चाहन्‍छु, म यिनमा केही दोष पाउँदिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि एक पल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु; ताकि तिमीहरूलाई यो स्पष्‍ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष भेट्टाइनँ।”
Nepali ERV (पवित्र बाइबल)
फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।”
Nepali Tamang 2011
पिलातस दोःसी मङग्‍यार खसी थेरी मुबा म्‍हिगदेदा “च्‍यागो, ङाइ चु म्‍हिदा सजाय पिन्‍बा तिगै दोष आस्‍याप्‍नी। चु ताम एनीगदेदा था तगै भिसी ङाइ थेदा मङग्‍यार भबा मुला” भिसी भिजी।