John 19:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई जना मानिसहरूले यहूदी चलनअनुसार येशूको लाशलाई अत्तर हालेर कात्रोले बेरे र चिहानमा राख्‍न तयार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनीहरूले येशूको शरीर यहूदीहरूको दफन-कार्यको रीतिअनुसार सुगन्‍धित द्रव्‍यसँग सूती कपड़ामा बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दुईले येशूको लासलाई त्यस सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडामा बेह्रे। यहूदीहरूको लास गाड्ने संस्कार यस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
यी दुइ मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगान्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाडदथे।
Nepali Tamang 2011
चुह्रङ् लसी थेनीगदेसे यहूदीगदेला ठिम अन्‍छार येशूला लासरी थे बास्‍ना खबा अत्तर फोर्सी मलमलला क्‍वानरी रिल्‍जी।