John 19:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारी र सिपाहीहरूले येशूलाई देख्‍नेबित्तिकै चिच्‍याएर भने, “त्‍यसलाई झुण्‍ड्याउनुहोस्, त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुहोस्!” पिलातसले तिनीहरूलाई भने, “उसोभए तिमीहरूले नै उनलाई लगेर क्रूसमा झुण्‍ड्याओ। मैले त उनमा दण्‍ड दिनुपर्ने कुनै दोष नै भेट्टाइनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मुख्‍य पूजाहारीहरू र पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याउन लागे, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले नै यिनलाई लगेर क्रूसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिनँ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँलाई देख्नेबित्तिकै मुख्य पुजारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!” तर पिलातसले भने, “तिमीहरूले नै यिनलाई क्रूसमा टाँग; किनकि म त यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।”
Nepali ERV (पवित्र बाइबल)
जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्, क्रूसमा यसलाई टाँग्नुहोस्। तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग । मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन सिपाहीगदेसे येशूदा म्राङ्मैछ्‍याम “चुदा क्रुसरी टाँगब लसी साइगो, क्रुसरी साइगो!” भिसी क्रिङ्बाला क्रिङ्बान लजी। जमाहेन्‍से पिलातससे थेनीगदेदा “चु म्‍हिदा एनीगदेसेन भोर्सी क्रुसरी टाँगब लउ, तिग्‍दा भिसम चु म्‍हिदा सजाय पिन्‍तोःबा तिगै दोष ङाइ आस्‍याप्‍नी” भिसी भिजी।