John 19:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी अगुवाहरूले भने, “हाम्रो व्यवस्थाअनुसार त्यसले मृत्युदण्ड पाउनु नै पर्छ किनभने त्यसले आफैंलाई परमेश्वरको पुत्र हुँ भन्ने दाबी गरेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूले उनलाई जवाफ दिए, “हाम्रो एउटा व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदीहरूले तिनलाई उत्तर दिए, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्वरको पुत्र भनेर दाबी गरेको छ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”
Nepali Tamang 2011
यहूदीगदेसे थेदा “ङन्ना ठिम गिक मुला थे ठिम अन्छार चुदा साइनोन तोःला। तिग्दा भिसम चुसे ह्राङसे ह्राङदान परमेश्वरला झा स्होबा मुला” भिसी भिजी।