John 2:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी गालीलको काना सहरमा अचम्मको चिन्हद्वारा येशूले आफ्नो महिमा पहिलोपल्ट प्रकट गर्नुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
Nepali Tamang 2011
येशूसे लबा उदेकला गेगदे न्हङरी गालील अञ्चलला काना भिबा नाम्सारी लबा उदेकला गे चा जम्मान भन्दा ङाच्छा लबा हिन्ना। चु उदेकला चिनुग्याम येशूसे ह्राङला शक्ति उन्जी। चु म्राङ्सी थेला चेलागदेसे थेदा विश्वास लजी।