John 2:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मानिसहरूलाई मन्‍दिरमा परेवा, भेडा, गाईवस्‍तुहरू बेचिरहेको र पैसा साटी रहेको देख्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मन्‍दिरमा गोरु, भेड़ा र ढुकुर बेच्‍नेहरू र पैसा साट्‌नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए।
Nepali Tamang 2011
येशूसे म्‍हिगदेदा परमेश्‍वरला मन्‍दिररी ग्‍यु, बहर, ढुकुर चूङ्बा किन्‍बा लबादेन टेबुलरी टाङगा थान्‍सी टाङगा देप्‍सी चिबा म्राङ्जी।