John 2:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर येशूले कोर्रा लिएर त्यहाँ भएका गाईवस्तु, भेडा, बाख्रा सबै लखेट्नुभयो, पैसा साट्नेहरूको पैसा छरिदिनुभयो र टेबिलहरू पल्टाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्नेहरूको रेचकी घोप्ट्याएर तिनीहरूका टेबिल पल्टाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे छोला कोर्रा स्होसी मन्दिररी मुबा ग्युगदेदेन बहरगदे जम्मादान ताप्जी, ओच्छे टाङगा देप्सी चिबागदेला टाङगागदे भ्याङ्सी टेबुल प्लाङ प्लिङ लसी पिन्जी।