John 2:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू मरेकोबाट बिउँतनुभएपछि उहाँका चेलाहरूले येशूले भन्नुभएको यो कुरा सम्झे। तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको कुरामा विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ मृतकबाट उठाइनुभयो, तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो, र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
Nepali Tamang 2011
येशू सिबाग्याम सोमाहेन्से येशूसे सुङ्बा चु ताम चेलागदेसे ढन्जी। जमाहेन्से थेनीगदेसे परमेश्वरला बचनरी भ्रिबा तामदेन येशूसे सुङ्बा तामरी विश्वास लजी।