John 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाइकेले पानी चाख्‍दा त त्‍यो अङ्‌गुरको मद्य बनिसकेको थियो। तर त्‍यो मद्य केबाट बनिएको थियो, त्‍यो कुरा उनले थाहा पाएका थिएनन्। त्‍यो त ल्‍याउने नोकरहरूलाई मात्रै थाहा थियो। भोजको नाइकेले दुलहाकहाँ आएर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोजका मुखियाले त्‍यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्‍यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए,
Nepali ERV (पवित्र बाइबल)
विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र
Nepali Tamang 2011
मुल म्‍हिसे म्‍य्‍हाङ्बा धुइरी थे क्‍युइ अङगुरला निङगु दोसी जिन्‍बा मुबा। थेदा थे निङगु खानङग्‍याम भजी भिबा ताम था आरेबा, तर थे क्‍युइ युबा नोकरगदेदा चा था मुबा। जमाहेन्‍से थे मुल म्‍हिसे म्‍हाछारदा ङ्‌योइसी,