John 20:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आइतबार बिहानै मिरमिरे उज्यालोमा मरियम मग्दलिनी येशूको लाश राखेको चिहानमा गइन्। चिहानमा आइपुग्दा त ढुङ्गा हटाइराखेको भेट्टाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हप्ताको पहिलो दिन बिहान अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हप्ताको पहिलो दिन, अँध्यारैमा मरियम मग्दलिनी चिहानमा गइन्, र त्यस चिहानको मुखको ढुङ्गा एकातिर हटाइएको देखिन्।
Nepali ERV (पवित्र बाइबल)
हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।
Nepali Tamang 2011
आइतवार स्य्होरीन मरियम मग्दलिनी येशूला लास थान्बा धुर्सारी निजी। धुर्सारी धोसी च्यामा थेसे धुर्साला म्रापरी मुबा युङबा लेःसी जिन्बा म्राङ्जी।