John 20:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई सोध्नुभयो, “ए नारी, तिमी किन रुँदै छ्यौ? तिमीले कसलाई खोज्दै छ्यौ?” तिनले उहाँलाई बगैँचामा काम गर्ने माली नै भन्ठानेर भनिन्, “हजुर, तपाईंले येशूलाई यहाँबाट लैजानुभएको भए भन्नुहोस्, तपाईंले कहाँ राख्नुभएको छ, म गएर लासलाई लैजान्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “नारी, तिमी किन रुँदैछ्यौ? कसलाई खोज्छ्यौ?” तिनले उहाँलाई माली भन्ठानेर भनिन्, “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्नुभएको छ मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे नारी! तिमी किन रुँदैछ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?” तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?” मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”
Nepali Tamang 2011
येशूसे थेदा “माइ, ए तिग्दा क्राबा? एसे खाल्दा म्हाइबा?” भिसी सुङ्मा, थेसे येशूदा बगैँचारी म्हेन्दो क्वबा म्हि मुनम भिसी, “ज्योज्यो, ह्राङसे येशूदा चुग्याम भोर्बा हिन्सम खानङ थान्बा मुला ङादा सुङ्गो, ङाइ थेदा भोर्ला” भिसी भिजी।