John 20:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “ए मरियम!” येशूको सोर सुनेर मरियमले फनक्‍क फर्केर उहाँलाई हिब्रू भाषामा “रब्‍बोनी!” भनिन्, जसको अर्थ “गुरुज्‍यू” हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, “रब्‍बोनी,” अर्थात्‌ “हे गुरुज्‍यू!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू)।
Nepali ERV (पवित्र बाइबल)
येशूले उसलाई भन्नुभयो, “हे मरियम।” मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी।” (अर्थ “हे गुरुज्यु”)
Nepali Tamang 2011
येशूसे थेदा “मरियम!” भिसी ङ्‌योइमा, फ्‍लिक दोःसी थेसे येशूदा, हिब्रू ग्‍योइरी “रब्‍बोनी” भिसी भिजी। “रब्‍बोनी” भिबा चा “ङाला गुरु” भिबा हिन्‍ना।