John 20:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “मलाई अहिले समाती नराख किनभने अझैसम्म म पिताकहाँ गइसकेको छैनँ। भाइहरूकहाँ गएर ‘मेरा पिता र तिमीहरूका पिता, मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु’ भनिदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जाँदैछु’ भन्ने समाचार भनिदेऊ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ् सम्म पिताकोमा गई सकेको छुइँन। तर मेरा दाज्यु-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भनः ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदैछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदैछु।”‘
Nepali Tamang 2011
येशूसे थेदा “ङादा चुङ्सी थाथान्गो, तिग्दा भिसम ङा दान्देधोना आबा मुबा ग्लारी निबा आरे। तर ए ङाला ज्योज्यो आले नाना आङागदे मुबा ग्लारी निसी थेनीगदेदा ‘ङाला आबादेन एनीगदेला आबा ओच्छे ङाला परमेश्वरदेन एनीगदेला परमेश्वर मुबा ग्लारी ङा निबान मुला’ भिसी पाङ्सी पिन्गो” भिसी सुङ्जी।