John 20:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही आइतबारको दिन बेलुकी चेलाहरू यहूदी अगुवाहरूको डरले ढोका थुनेर बसिरहेका थिए। त्‍यति नै बेला येशू अचानक आएर तिनीहरूका बीचमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही दिन, अर्थात्‌ हप्‍ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्‍द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही दिन, हप्‍ताको पहिलो दिनको साँझमा, चेलाहरू; यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू आउनुभयो र तिनीहरूका बीचमा उभिएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
Nepali ERV (पवित्र बाइबल)
हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।”
Nepali Tamang 2011
थेनोन धिनकुनु ङ्‍यसे येशूला चेलागदे यहूदी नेतागदेदेन छ्‌याम लोङ्सी म्राप ढुङ्सी चिबा मुबा। थे धुइरीन येशू थेनीगदे मुबा ग्‍लारी फेप्‍खसी थेनीगदेला गुङरी राप्‍सी धन्‍छ्‌याजी। ओच्‍छे येशूसे थेनीगदेदा “एनीगदेदा शान्‍ति तगै” भिसी सुङ्जी।