John 20:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू चेलाहरूले उनलाई ‘हामीले प्रभुलाई देख्‍यौं’ भनेर बताए। तर थोमाले भने, “जबसम्‍म म आफैंले उहाँका हातमा काँटीको डोब देख्‍तिनँ र आफ्‍नै औँलाले त्‍यो काँटीको डोब छुँदिनँ र मेरो हातले उहाँको कोखामा छाम्‍दिनँ, तबसम्‍म म विश्‍वासै गर्दिनँ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्‍यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्‍दिनँ, उहाँको कोखामा मेरो हात हाल्‍दिनँ, तबसम्‍म म विश्‍वास गर्नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामीले प्रभुलाई देख्यौँ” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका डोब नदेखेसम्म, र काँटीहरूका डोबमा मेरा औँलाहरू नहालेसम्म, र उहाँको कोखामा मेरो हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास र्गदिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औलाँ त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”
Nepali Tamang 2011
थेतबासेलमा स्‍य्‍हान्‍दो चेलागदेसे थेदा “ङन्‍से प्रभुदा म्राङ्जी” भिसी भिजी। तर थेसे थेनीगदेदा “येशूला यारी खिल ठोक्‍बाला पोर आम्राङ्तेधोना, ओच्‍छे थे पोरदेन राइला पोररी ङाला या जुम्‍बी आझाङ्तेधोना ङाइ विश्‍वास आल” भिसी भिजी।