John 20:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक हप्‍तापछि चेलाहरू घरमा ढोका थुनेर बसिरहेका थिए। यसपल्‍टचाहिँ थोमा पनि तिनीहरूसँगै थिए। ढोका थुनिएकै बेलामा येशूले तिनीहरूको बीचमा आएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
Nepali ERV (पवित्र बाइबल)
एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसंग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।”
Nepali Tamang 2011
साता गिक लिच्‍छाएनोन चेलागदे दिमरीन म्राप ढुङ्सी चिबा मुबा। जमा चा थोमाएनोन थेनीगदेदेन छ्‌यामनोन मुबा। तर येशू थेनीगदे मुबा ग्‍लारी फेप्‍खसी थेनीगदेला गुङरी राप्‍सी धन्‍छ्‌याजी, ओच्‍छे “एनीगदेदा शान्‍ति तगै!” भिसी सुङ्जी।