John 20:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थोमालाई आफ्‍नो हात देखाएर भन्‍नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्‍वास गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औँलाहरू यहाँ राख, र मेरा हातहरू हेर; अनि तिम्रा हात मेरा कोखामा राख। अब उसो अविश्‍वासी नहोऊ, तर विश्‍वासी होऊ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ।” मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाऊ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला छ्‌या उन्‍बान थोमादा “एला या जुम्‍बी चुरी थान्‍गो, ओच्‍छे ङाला या च्‍यागो। ओच्‍छे एला यासे ङाला राइरी थुर्सी च्‍यागो। एसे शङ्का थालउ, तर विश्‍वास लउ” भिसी सुङ्जी।