John 21:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई “खान आओ!” भनेर बोलाउनुभयो। त्‍यतिखेर कुनै पनि चेलाले ‘तपाईं को हुनुहुन्‍छ?’ भनेर येशूलाई सोध्‍ने आँट गरेनन्। तिनीहरूले उहाँ “प्रभु नै हुनुहुन्‍छ,” भनेर चिनिसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूमध्‍ये कसैले पनि “तपाईं को हुनुहुन्‍छ?” भनी सोध्‍ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्‍छ भनी जान्‍दथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूले उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत गरेनन्। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि खाऊ।” कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्, “तपाईं को हुनुहुन्छ?” तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “चबारी खउ” भिसी सुङ्जी। तर चेलागदे खालैसेन येशूदा “ह्राङ खाल हिन्‍ना?” भिसी ङ्‌योइबा सेम आलनी। तिग्‍दा भिसम येशू प्रभु हिन्‍ना भिसी थेनीगदेसे ङोसेसी जिन्‍बा मुबा।