John 21:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।” येशूले उनलाई भन्नुभयो, “त्यसो भए मेरा पाठाहरूलाई चराऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढ़ी प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भोजन गरिसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, यिनीहरूभन्दा के तिमी मलाई बढ्ता प्रेम गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईं जान्नुहुन्छ।” येशूले भन्नुभयो, “मेरा साना भेडाहरूलाई खुवाऊ।”
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले खाइसके, येशूले शिमोन पत्रुसलाई भन्नुभयो, “योआनेसको पुत्र शिमोन, यी अन्य मानिसहरूले भन्दा ज्यादा तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले जवाफमा भने, “ज्यू प्रभु, तपाईं जान्नु हन्छ म प्रेम गर्छु तपाईंलाई।” त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडाहरूलाई खुवाऊ।”
Nepali Tamang 2011
थेनीगदेसे चसी जिन्माहेन्से येशूसे सिमोन पत्रुसदा “यूहन्नाला झा सिमोन, तिग एसे ङादा चुगदेसे भन्दा ल्हाना माया लला?” भिसी सुङ्जी। जमाहेन्से पत्रुससे येशूदा “हिन्ना प्रभु, ङाइ ह्राङदा माया लमुला भिबा ताम ह्राङदान था मुला” भिसी भिमा, येशूसे थेदा “थेह्रङ् भिसम एसे ङाला ग्युला कोलागदेदा ज्यना लसी छउ” भिसी सुङ्जी।