John 21:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले पत्रुसलाई तेस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” येशूले उनलाई तीनपल्टसम्म ‘के तिमी मलाई माया गर्छौ’ भनेर सोध्नुभएकोले पत्रुस अति नै दु:खी भए। उनले भने, “प्रभु, तपाईं सबै कुरा जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा पनि तपाईं आफैंलाई थाहा छ।” येशूले पत्रुसलाई भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस दुःखित भए, किनकि उहाँले तेस्रो पल्ट तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भन्नुभयो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सब कुरा जान्नुहुन्छ। म तपाईंलाई प्रेम गर्दछु भनी तपाईंलाई थाहा छ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेड़ाहरूलाई खुवाऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तेस्रो पल्ट तिनलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई साँच्चै प्रेम गर्छौ?” येशूले तेस्रो पल्ट “के तिमी मलाई प्रेम गर्दछौ?” भनी सोध्नुभएकोमा पत्रुस दुःखित भए। उनले भने, “प्रभु! तपाईं सबै कुरा जान्नुहुन्छ। तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।” येशूले भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ।
Nepali ERV (पवित्र बाइबल)
तेस्रोपल्ट येशूले पत्रुसलाई सोध्नुभयो, “शिमोन, योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?” पत्रुस उदास भए, किनकि येशूले उसलाई तेस्रो पल्ट सोध्नुभयो, “तिमी मलाई प्रेम गर्छौं?” पत्रुसले भने, “प्रभु तपाईं सब थोक जान्नुहुन्छ। मैले तपाईंलाई प्रेम गर्छु भनेर पनि जान्नुहुन्छ।” येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडाहरूलाई खुवाऊ।
Nepali Tamang 2011
येशूसे दोःसीनोन थेदा “यूहन्नाला झा सिमोन, तिग एसे ङादा माया लला?” भिसी सुङ्जी। येशूसे चुह्रङ् लसी सोमरेमधोना “तिग एसे ङादा माया लला?” भिसी सुङ्बासे लमा ल्हानान आज्यना ङ्हम्सी पत्रुससे येशूदा “प्रभु, ह्राङदा जम्मान ताम था मुला। ङाइ ह्राङदा माया लमुला भिबा तामएनोन ह्राङदा था मुला” भिसी भिजी। जमाहेन्से येशूसे थेदा चुह्रङ् भिसी सुङ्जी, “थेह्रङ् भिसम एसे ङाला ग्युगदेदा ज्यना लसी छउ।