John 21:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीलाई भन्छु, तिमी युवा हुँदा आफ्नो पटुका आफैं कस्थ्यौ र जहाँ मन लाग्यो, त्यहाँ जान्थ्यौ। तर बुढो भएपछि तिमीले आफ्ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै, म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्थ्यौ, र जहाँ इच्छा लाग्छ जान्थ्यौ। तर जब तिमी बूढ़ा हुनेछौ, तब तिमीले आफ्ना हात पसार्नेछौ, र अरूले तिम्रो पटुका बाँधिदिनेछ, र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीलाई साँचो-साँचो भन्दछु, जब तिमी जवान थियौ, तब आफैँ लुगा लगाउँथ्यौ, र आफ्नो इच्छाअनुसार जहाँकहीँ पुग्न सक्थ्यौ। तर जब तिमी बूढा हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, र अरूले तिमीलाई लुगा लगाइदिनेछ र तिमीले नचाहेको ठाउँमा तिमीलाई लैजानेछ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई साँचो भन्छु। जब तिमी जवान थियौ, तिमीले आफ्नो पेटी स्वयं कस्थ्यौ र जहाँ इच्छा छ त्यहाँ जान्थ्यौ। जब तिमी बूढा हुनेछौ तिमी हात छाडनेछौ र कोही अरूले पेटी कसिदिनेछ। त्यही मानिसले तिमीलाई अगुवाई गर्नेछ जहाँ जान तिम्रो इच्छा नभएतापनि।”
Nepali Tamang 2011
एसे ङाला ताम ङ्यान्गो, ए भ्योन मुबा धुइरी एसे ह्राङला केः ह्राङसेन खीमुबा, ओच्छे जुन ग्लारी निबा सेम लमुबा थेरीन निमुबा। तर खेप्बा दोमाहेन्से एसे तिगै लबारी आखम, एदा स्य्हान्दो म्हिसे केः खीसी पिन्ना ओच्छे जुन ग्लारी एदा निआम्हन थेरीन एदा भोर्ला” भिसी सुङ्जी।