John 21:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिमोन पत्रुस, जुम्‍ले भनिने थोमा, गालीलको काना निवासी नथानेल, जब्‍दियाका छोराहरू र अरू दुई जना येशूका चेलाहरू जम्‍मा भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन पत्रुस, दिदुमस भन्‍ने थोमा, गालीलका काना नगरका नथानेल, जब्‍दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्‍ये अरू दुई जना एकसाथ थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए।
Nepali ERV (पवित्र बाइबल)
केही चेलाहरू भेला भएका थिए। तिनीहरू शिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाका नथानेल, जबदीका दुइ छोराहरू र अन्य दुइजना उहाँका अन्य चेलाहरू त्यहाँ थिए।
Nepali Tamang 2011
थेरी सिमोन पत्रुस, दिदुमस भिबा थोमा, गालील अञ्‍चलला काना भिबा शहरला नथानेलदेन जब्‍दियाला झा न्‍ही, ओच्‍छे स्‍य्‍हान्‍दो चेला न्‍ही पोप तसी चिबा मुबा।