John 21:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको यो जवाफले गर्दा ती चेला मर्नेछैनन् भन्‍ने कुरा येशूका अरू चेलाहरूमा फैलियो। खासमा येशूले तिनी मर्नेछैनन् भन्‍नुभएको थिएन। तर उहाँले “म नआउञ्‍जेल ऊ बाँचिरहोस् भन्‍ने इच्‍छा गरे पनि तिमीलाई के त?” भनेर भन्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण ती चेला मर्दैनन्‌ भन्‍ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन्‌ भन्‍नुभएको थिएन, तर “म नआएसम्‍म तिनी पर्खिरहून्‌ भन्‍ने मेरो इच्‍छा भए पनि तिमीलाई के?” भन्‍नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण विश्‍वासीहरूका बीचमा त्यो चेलाचाहिँ मर्नेछैन भन्‍ने हल्‍ला फिँजियो, तर येशूले तिनी मर्नेछैनन् भनी भन्‍नुभएको थिएन। उहाँले यति मात्र भन्‍नुभएको थियो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भन्‍ने चाहना गरेँ भने तापनि यसको तिमीलाई के सरोकार?”
Nepali ERV (पवित्र बाइबल)
यसरी यो कुरा भाइहरूमा यति सम्म फैलिन गयो कि उसको त्यो चेला मर्दैन। तर येशूले त्यो मर्दैन भनि भन्नु भएको थिएन। तर यो भन्नु भएको थियो कि, “यदि म यो चाहन्छु कि जबसम्म म आऊँदिन त्यो यहीं जीवित रहे तिमीलाई के भयो त?”
Nepali Tamang 2011
थेतबासेलमा थे चेला आसिनम भिबा ताम स्‍य्‍हान्‍दो चेलागदेसे था याङ्जी। येशूसे मी थे आसि भिसी सुङ्बा आरेमुबा, तर “ङा आखतेधोना थेसे ङादा भ्रान्‍सी चिइ भिबा ङाला सेम मुसैनोन एदा तिग्‍दा तोःजी?” भिसी जे सुङ्बा मुबा।