John 21:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब येशूले अरू पनि धेरै कामहरू गर्नुभएको छ। ती सबै एक-एक गरेर लेखिने हो भने लेखिएका किताबहरू सारा संसारमा पनि अटाउँदैनन्‌ होला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले अरू पनि धेरै काम गर्नुभयो। तीमध्‍ये प्रत्‍येकको बारेमा लेखिने हो भने, मलाई यस्‍तो लाग्‍छ, कि तिनका विषयमा लेखिएका पुस्‍तकहरू संसारैभरि पनि अटाउने थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले गर्नुभएका अरू पनि धेरै कामहरू छन्। यदि ती सबै एक-एक गरी लेखिएका भए मेरो अनुमानमा लेखिएका ती पुस्तकहरू संसारभरि पनि अटाउनेथिएनन् होला।
Nepali ERV (पवित्र बाइबल)
येशूले अरू पनि धेरै कामहरू गर्नु भएकोछ। ती विषयमा एक एक गरेर सबै लेखिए भने म सोच्दछु कि जो पुस्तकहरू लेखिन्छ ती यति अधिक हुनेछ कि सारा पृथ्वीमा त्यो अटाउने छैन।
Nepali Tamang 2011
येशूसे अर्गुएनोन ल्‍हानान गेगदे लबा मुला। थे जम्‍मान गेला बारेरी भ्रिबा हिन्‍सम चु किताबगदे जम्‍बुलिङ नाङनोन आवाङ्सेला मुबा भिसी ङाइ म्‍हन्‍मुला।