John 21:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सिमोन पत्रुसले साथीहरूलाई भने, “म त माछा मार्न जान्छु।” अरूहरूले भने, “हामी पनि तिमीसँगै जान्छौं।” अनि तिनीहरू गएर नाउमा चढे, तर तिनीहरूले रातभरिमा एउटै माछा पनि पक्रिन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्यो रात तिनीहरूले केही पक्रेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौँ।” अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
शिमोन पत्रुसले भन्यो, “म माछा पक्रन जान्छु।” अरू चेलाहरूले भने, “हामी तिमीसितै जानेछौं।” तब सबै चेलाहरू गए र डुङ्गामा चढे। त्यसरात तिनीहरूले केही पक्रन सकेनन्।
Nepali Tamang 2011
सिमोन पत्रुससे ह्राङला ह्रोगदेदा “दाहेन्से ङा मी तार्ङा साइबारी निला” भिसी भिमा, थेला ह्रोगदेसे “ङनीएनोन एदेन छ्यामनोन निला” भिसी भिजी। जमाहेन्से थेनीगदे दोँगारी क्रेःजी। तर थेनीगदेसे म्हुन गिकरी तार्ङा गिकनोन चुङ्बारी आखम्नी।