John 21:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “नाउको दाहिनेपट्टि जाल हान र तिमीहरूले माछा फेला पार्नेछौ।” येशूले भनेकै ठाउँमा तिनीहरूले जाल हाने। माछा यति धेरै पर्यो कि तिनीहरूले जाल तान्नै सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ।” तब तिनीहरूले जाल हाने, र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले फेरि भन्नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्यो कि तिनीहरूले जाल तान्नै सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “माछा मार्ने जाल फ्याँक तिमीहरूको डुङ्गाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ।” तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदेसे दोँगाला दाहिनेपट्टि घ्याङ रोप्गो तार्ङा स्याप्ला” भिसी सुङ्जी। थेनीगदेसे येशूसे सुङ्बा ग्लारी घ्याङ रोप्मा ल्हानान तार्ङा स्याप्बासे लमा घ्याङनोन छेङ्बारी आखम्नी।