John 21:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर येशूका धेरै प्यारा चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ!” “उहाँ प्रभु हुनुहुन्छ,” भनेको सुन्नेबित्तिकै पत्रुस आफ्नो फुकालेको लुगा बेरेर पानीमा हामफाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ।” “उहाँ प्रभु हुनुहुँदोरहेछ” भन्ने सुनेर सिमोन पत्रुसले आफ्नो बाहिरी वस्त्र कम्मरमा लपेटे, किनभने तिनले वस्त्र खोलेका थिए, र समुद्रमा हामफाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्ने सुन्नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)।
Nepali ERV (पवित्र बाइबल)
येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए।
Nepali Tamang 2011
येशूसे माया लबा चेलासे पत्रुसदा “थे मी प्रभु गा चीम” भिसी भिजी। “थे मी प्रभु गा चीम” भिबा थेःसी सिमोन पत्रुस ह्राङला क्वान क्रेप्सरी खीसी समुन्द्ररी वाङ्जी। तिग्दा भिसम थेसे क्वान स्युबा मुबा।