John 21:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू चेलाहरूचाहिँ नाउमा चढेर माछाले भरिएको जाल तान्‍दै किनारमा आए। तिनीहरू जमिनबाट धेरै टाढा त थिएनन्, अन्‍दाजी सय मिटरजति मात्रै पर थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू चेलाहरू डुङ्गामै बसी जाल तान्‍दै आए। तिनीहरू किनारदेखि टाढ़ा होइन, तर प्राय: सय मिटर जतिमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो।
Nepali ERV (पवित्र बाइबल)
अन्य चेलाहरू डुङ्गामा चढेर किनारमा आए। तिनीहरूले माछाले भरिएको जाल ताने। तिनीहरू किनारदेखि टाडा थिएनन्। तिनीहरू लगभग सय मिटर भित्र थिए।
Nepali Tamang 2011
तर स्‍य्‍हान्‍दो चेलागदे चा दोँगारीन चिसी तार्ङासे प्‍लिङ्बा घ्‍याङ छेङ्बान समुन्‍द्रला कुनीरी खजी। समुन्‍द्रला कुनीग्‍याम थेनीगदे ल्‍हाना थारेङ आरेमुबा, ओस्‍पन ग्‍यार्जा गिक मिटर ते जे थारेङ मुबा।