John 3:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब परमेश्‍वरको एक मात्र पुत्रमाथि विश्‍वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्‍वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्‍वरको एक मात्र पुत्रलाई विश्‍वास गरेका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाममा विश्‍वास गरेको छैन।
Nepali ERV (पवित्र बाइबल)
जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै नयाय भइसको छ ऊ वहिष्कृत हुन्छ। किन? किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन।
Nepali Tamang 2011
जुन म्‍हिसे परमेश्‍वरला झाथोरी विश्‍वास लला, थेला दोष आउन। तर विश्‍वास आलबा म्‍हिला चा ङाच्‍छान दोष उन्‍सी जिन्‍बा तला। तिग्‍दा भिसम थेसे परमेश्‍वरला झादा विश्‍वास आलनी।