John 3:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक रात उनले येशूकहाँ आएर भने, “गुरुज्यू, तपाईं परमेश्वरबाटै हामीलाई सिकाउन आउनुभएको हो। यो कुरा हामीलाई थाहा भयो। यदि परमेश्वरले साथ दिनुभएन भने कसैले पनि तपाईंले गर्नुभएको जस्तो शक्तिशाली कामहरू गर्न सक्दैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”
Nepali ERV (पवित्र बाइबल)
एक-रात निकोदेमस् येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्0वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।”
Nepali Tamang 2011
थे तिरेकुनु म्हुनङ येशू मुबा ग्लारी निसी येशूदा “गुरु, ह्राङ ङन्दा लोप्बारी परमेश्वरग्याम फेप्खबा हिन्ना भिबा ङन्दा था मुला। तिग्दा भिसम परमेश्वरसे ह्रो आलनी भिसम ह्राङसे लबा ह्रङ्बा शक्तिशाली गेगदे खालैसेन लबारी आखम” भिसी भिजी।