John 3:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यूहन्नाकहाँ आएर भने, “गुरु, यर्दनपारि हुँदा तपाईंसँग एक जना मानिस हुनुहुन्थ्यो। तपाईंले हामीलाई उहाँको बारेमा बताउनुभएको थियो। अहिले उहाँले नै बप्तिस्मा दिदैंहुनुहुन्छ र सबै जना उहाँकहाँ पो जाँदै छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू यूहन्नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्तिस्मा दिँदैहुनुहुन्छ। अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसैले चेलाहरू यूहन्ना कहाँ आए। तिनीहरूले भने, “गुरूज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसंग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे यूहन्ना मुबा ग्लारी खसी, “गुरु, यर्दन क्याम्सङ मुबा धुइरी ह्राङसे ङन्दा म्हि गिकला बारेरी सुङ्मुबा, थे म्हि ह्राङदेन छ्यामनोन मुबा। दान्दे थेसेनोन बप्तिस्मा पिन्बान मुला, ओच्छे जम्मान म्हिगदे थे मुबा ग्लारी निबान मुला” भिसी भिजी।