John 3:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुलही दुलहाको हो। दुलहासित उभिने मित्र दुलहाको सोर सुनेर रमाउँछ। त्‍यही नै मेरो आनन्‍द हो र त्‍यो अब पूर्ण भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जससँग दुलही छ, दुलहा त्‍यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्‍छ, उसको सोर सुनेर अत्‍यन्‍त आनन्‍दित हुन्‍छ। यसकारण मेरो यो आनन्‍द अब पूर्ण भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ। अनि उसको सोर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ।
Nepali ERV (पवित्र बाइबल)
बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म संग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ।
Nepali Tamang 2011
जुन म्‍हिदेन छ्‌याम चाङछार चिला थेनोन म्‍हाछार हिन्‍ना। म्‍हाछारदेन छ्‌याम राप्‍बा म्‍हि म्‍हाछारला काइ थेःसी ल्‍हानान ताङ्मुला। थेह्रङ् लसीन ङाएनोन ल्‍हानान ताङ्‍बा मुला।