John 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो इनार त हाम्रा पुर्खा याकूबले बनाउनुभएको हो। उहाँका छोरा-छोरी र भेडा-बाख्राहरू यही इनारको पानी पिउने गर्दथे। तपाईं हाम्रा पुर्खा याकूबभन्दा पनि महान् हुनुहुन्‍छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूला हुनुहुन्‍छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्‍तान र उनका गाईबस्‍तुले यही इनारको पानी पिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
Nepali ERV (पवित्र बाइबल)
तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
Nepali Tamang 2011
तिग ह्राङ ङन्‍ना म्‍हेमे याकूब भन्‍दा घ्रेन हिन्‍ना? थेसेन ङन्‍दा चु इनार स्‍होसी पिन्‍बा हिन्‍ना। थेदेन थेला सन्‍तानसे ओच्‍छे थेला म्‍हे मुइगदेसेनोन चुनोन इनारला क्‍युइ थुङ्मुबा” भिसी भिजी।