John 4:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्मरी जीवन दिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
Nepali Tamang 2011
तर जुन जुन म्हिसे ङाइ पिन्बा क्युइ थुङ्ला थे म्हिदा दोःसी क्युइ आफुइ। ङाइ थेदा जुन क्युइ पिन्ना, थे क्युइ चा थेला लागिरी जुकजुकधोनाला जुनी पिन्बा क्युइला मुहान दोला!” भिसी सुङ्जी।