John 4:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर समय आउँदै छ र अहिले नै आइसकेको छ, साँचो पूजा गर्नेहरूले पितालाई सत्य र आत्माले पुज्नेछन्। यसरी पुज्ने मानिसहरूलाई परमेश्वर पिताले चाहनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।
Nepali Tamang 2011
तर चुह्रङ्बा धुइएनोन खबान मुला, थे धुइ चा चुनोन हिन्ना, सेसी सेमहेन्सेन परमेश्वरदा तेन्बा म्हिगदेसे चा सत्यदेन आत्माग्याम परमेश्वर आबादा तेन्मुला। परमेश्वर आबासे चुह्रङ् लसी तेन्बा म्हिगदे म्हाइमुला।