John 4:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर सामरी स्त्रीले भनिन्, “मलाई थाहा छ, मुक्ति दिनुहुने मसीह (जसलाई ‘ख्रीष्ट’ पनि भनिन्छ) आउनुहुनेछ र आउनुभएपछि उहाँले नै हामीलाई सबै कुरा बुझाउनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस स्त्रीले उहाँलाई भनी, “म जान्दछु, कि मसीह आउनुहुन्छ (जसलाई ख्रीष्ट भनिन्छ), र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्ट गरिदिनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ।” “जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
Nepali Tamang 2011
जमाहेन्से थे म्रिङम्हेमेसे येशूदा “थार्बा पिन्बा ग्ले फेप्खला भिबा ताम ङादाएनोन था मुला, थेदा ‘थार्बा पिन्बा ख्रीष्ट’ भिसी भिला। थे फेप्खमाहेन्से थेसेन ङन्दा जम्मान ताम घोना लला” भिसी भिजी।