John 4:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै बेला येशूका चेलाहरू पनि आइपुगे र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर उनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्‍छ? वा तपाईं त्‍यो स्‍त्रीसँग किन कुरा गर्दै हुनुहुन्‍छ?” भनेर सोधेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू यशूलाई एक जना स्त्रीसंग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसंग किन बात गरिरहनु भएको छ?
Nepali Tamang 2011
थे धुइरी येशूला चेलागदेएनोन थेरी धोखजी। येशू म्रिङम्‍हेमे गिकदेन छ्‌याम ताम लसी चिबा म्राङ्सी थेनीगदे उदेक तजी। तर “ह्राङसे तिग म्‍हाइबा?” अथवा “ह्राङ थे म्रिङम्‍हेमेदेन छ्‌याम तिग्‍दा ताम लबा” भिसी खालैसेन आङ्‍योइनी।