John 4:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले ती स्त्रीलाई भने, “अहिले तिम्रो कुरा सुनेर मात्रै होइन, तर हामी आफैंले उहाँको उपदेश सुनेकाले विश्वास गर्छौं। उहाँ साँच्चै संसारका मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा अब हामीले थाहा पायौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस स्त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गरयौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझन थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
Nepali Tamang 2011
थेनीगदेसे थे म्रिङम्हेमेदा “दान्दे एसे पाङ्बा ताम थेःसी जे ङन्से विश्वास लबा आहिन, तर ङन्सेन येशूला ताम थेःसी विश्वास लबा हिन्ना। ओच्छे पक्कान जम्बुलिङला जम्मान म्हिदा थार्ना लबा थेनोन हिन्ना भिसी ङन्से था याङ्जी” भिसी भिजी।