John 4:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब उहाँ गालीलमा आउनुभयो, त्‍यहाँका मानिसहरूले उहाँलाई स्‍वागत गरे किनभने यरूशलेममा निस्तार चाड मान्‍न जाँदा येशूले गर्नुभएका अचम्‍मका कामहरू तिनीहरूले देखेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ गालीलमा आउनुभयो, तब उहाँले यरूशलेममा चाड़को बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालीलीहरूले उहाँलाई स्‍वागत गरे, किनभने तिनीहरू पनि चाड़मा गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिनीहरूले उहाँलाई स्वागत गरे कारण तिनीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।
Nepali Tamang 2011
येशू गालील अञ्‍चलरी धोखमाहेन्‍से थे ग्‍लाला म्‍हिगदेसे येशूदा मान लजी। तिग्‍दा भिसम मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाडला धुइरी येशूसे यरूशलेम शहररी लबा जम्‍मान उदेकला गेगदे थेनीगदेसे म्राङ्बा मुबा। थे धुइरी थेनीगदेएनोन यरूशलेम शहररी चाड धङ्‍बारी निबा मुबा।