John 4:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू फेरि गालीलको काना सहरमा जानुभयो। त्यही सहरमै उहाँले पानीलाई अङ्गुरको मद्य बनाउनुभएको थियो। येशू यो सहरमा हुँदा कफर्नहुम सहरमा बस्ने एक जना सरकारी कर्मचारीका छोरा बिरामी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि उहाँ फेरि गालीलको काना नगरमा आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। कफर्नहुममा एक जना उच्च अधिकारी थिए, जसको छोरो बिरामी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ फेरि एक पल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो।
Nepali ERV (पवित्र बाइबल)
येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।
Nepali Tamang 2011
दोःसी येशू गालील अञ्चलला काना भिबा शहररी फेप्जी। थेनोन शहररी येशूसे क्युइदा अङगुरला निङगु दोना लबा मुबा। कफर्नहुम शहररी चिबा हाकिम गिकला झा ल्हानान आखम्बा मुबा।