John 4:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू यहूदिया क्षेत्रबाट गालीलमा आउनुभएको छ भन्‍ने कुरा सुनेर ती सरकारी कर्मचारी येशूकहाँ आए र येशूलाई “मेरो मर्न आँटेको छोरालाई आएर निको पारिदिनुहोस्,” भनेर बिन्‍ती चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू यहूदियाबाट गालीलमा आउनुभएको छ भन्‍ने सुनेर तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्‍ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्‍ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गरयो। उसको छोरो मर्न आँटेको थियो।
Nepali Tamang 2011
येशू यहूदिया अञ्‍चलग्‍याम गालील अञ्‍चलरी फेप्‍खजी भिबा ताम थेःसी थे हाकिम येशू मुबा ग्‍लारी खजी। ओच्‍छे थेसे ह्राङ फेप्‍खसी ङाला झादा खम्‍ना लसी पिन्‍गो भिसी बिन्‍ती लजी। तिग्‍दा भिसम थेला झा ल्‍हानान आखम्‍ना सिबारीन छ्‌याइबा मुबा।