John 4:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरी स्त्रीले भनिन्, “तपाईं यहूदी भएर पनि कसरी म सामरी स्त्रीसँग पिउने पानी माग्नुहुन्छ?” किनकि यहूदीहरूले सामरीहरूसँग कुनै सम्बन्ध राख्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
Nepali ERV (पवित्र बाइबल)
सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसंग केही सम्बन्ध राख्दैनन्।
Nepali Tamang 2011
सामरी य्हुलला म्रिङम्हेमेसे येशूदा “ह्राङ यहूदी य्हुलला म्हि तसीनोन ङा ह्रङ्बा सामरी य्हुलला म्रिङम्हेमेदेन छ्याम तिग्दा क्युइ ह्रीबा?” भिसी भिजी। तिग्दा भिसम यहूदीगदेसे सामरीगदेदेन छ्याम संगतनोन आलमुबा।