John 5:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूलाई निको पार्ने मानिस को हुनुहुन्‍थ्‍यो, उसलाई थाहा थिएन। भीड जम्‍मा भएको हुनाले येशू त्‍यहाँबाट गइसक्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर निको भएको त्‍यस मानिसले उहाँ को हुनुहुन्‍थ्‍यो भनी चिनेको थिएन, किनभने त्‍यस ठाउँमा भीड भएको हुनाले येशू त्‍यहाँबाट गइसक्‍नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने बारेमा केही थाहा थिएन। किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो मानिसले जसद्वारा आपू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।
Nepali Tamang 2011
तर ह्राङदा खम्‍ना लबा म्‍हि खाल हिन्‍ना भिसी थेसे ङोसेबा आरेमुबा। तिग्‍दा भिसम थेरी म्‍हिगदे ल्‍हानान पोप तबासे लमा म्‍हिला हुल न्‍हङ‍ग्‍याम येशू सुटुक्‍क फेप्‍सी जिन्‍बा मुबा।