John 5:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर यहूदी अगुवाहरूले झन् सुरिएर भने, “त्यसले विश्राम दिनमा काम गर्नुहुँदैन भन्ने व्यवस्थालाई मात्र तोडेको होइन तर परमेश्वरलाई नै पिता भनेर आफैंलाई पनि परमेश्वरको बराबरी तुल्याउँदै छ। त्यसलाई त मार्नु नै पर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्न गर्न लागे, किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई पनि आफ्नै पिता भन्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”
Nepali Tamang 2011
थेतबासेलमा यहूदी धर्मगुरुगदेसे झन येशूदा साइबारी म्हाइजी, तिग्दा भिसम थेसे ठिम अन्छार ब्लप्बा न्हबा धिनकुनु लबारी आतबा गे जे लबा आहिन, तर थेसे ह्राङसे ह्राङदान परमेश्वर ह्रङ्बान स्होसी परमेश्वरदा ह्राङला आबा भिसी सुङ्मुबा।