John 5:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पाटी-पौवामा अन्‍धा, लङ्गडा र हात-खुट्टा नचल्‍ने धेरै बिरामीहरू बसिरहेका हुन्‍थे। [तिनीहरू कुन बेला पोखरीको पानी छचल्‍किन्‍छ भनेर पर्खिरहेका हुन्‍थे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ अनेक रोगीहरू, अर्थात्‌— अन्‍धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्‍थे। [तिनीहरू पानी कति बेला छचल्‍किन्‍छ भनेर पर्खिरहन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको छेउमा दृष्‍टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे।
Nepali ERV (पवित्र बाइबल)
धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा ती लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।
Nepali Tamang 2011
थे दलानरी आखम्‍बा ल्‍हानान म्‍हिगदे, मी आम्राङ्बा म्‍हि, कुज्‍या म्‍हिदेन काङ या चलब आतबा म्‍हि चिमुबा। थे घ्‍योइला क्‍युइ गाते धुइरी ल्‍हिङ्‍ला भिसी थेनीगदे जम्‍मासेन च्‍यासी चिमुबा।