John 5:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो लागि मानिसको साक्षी हुनैपर्छ भनेर होइन, तर तिमीहरूलाई बचाउन मैले यो कुरा भनेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले ग्रहण गर्ने गवाही मानिसको होइन, तर तिमीहरूको उद्धार होस्‌ भनेर म यी कुरा भन्‍दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मानिसको गवाही ग्रहण गर्छु भनेर त होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ।
Nepali ERV (पवित्र बाइबल)
मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ।
Nepali Tamang 2011
ङाइ म्‍हिगदेसे ङाला बारेरी तिग ताम पाङ्‌मुला भिसी भर लबा आहिन, तर एनीगदेदा थार्ना लबाला लागिरीन ङाइ चु ताम पाङ्बा हिन्‍ना।