John 5:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर यूहन्‍नाले दिएको साक्षीभन्दा पनि अझै ठूलो साक्षी मेरो पक्षमा छ। मेरा पिताले मलाई गर्न लगाउनुभएका कामहरू म गर्दै छु र यी कामहरूले नै मेरो लागि साक्षी दिँदै छन् र पिताले मलाई पठाउनुभएको हो भनी देखाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मसँग जो गवाही छ, त्‍यो यूहन्‍नाको भन्‍दा ठूलो छ। किनकि जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ, ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाही दिइरहेछन्‌ कि पिताले मलाई पठाउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मसँग यूहन्‍नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
“तर मसंग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो।
Nepali Tamang 2011
“तर ङाला बारेरी ताम पाङ्बा यूहन्‍ना भन्‍दाएनोन घ्रेन ताम चुरी मुला। तिग्‍दा भिसम जुन गेगदे पूरा लबारी आबासे ङादा पिन्‍बा मुला, थे गेगदे ङाइ लबान मुला। चु गेसेन ङादा परमेश्‍वरसे पुइखबा हिन्‍ना भिसी उन्‍बा मुला।