John 5:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू एकअर्कामा प्रशंसा खोज्‍छौ तर एक मात्र परमेश्‍वरबाट मिल्‍ने स्‍याबासीको चाहिँ इच्‍छा राख्‍दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्‍छौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू कसरी विश्‍वास गर्न सक्‍छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्‍मान खोज्‍दछौ, अनि त्‍यो सम्‍मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्‍वरबाट आउँदछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ?
Nepali Tamang 2011
एनीगदेसे ङादा खाह्रङ् लसी विश्‍वास लखम्‍ला? एनीगदे ह्राङ ह्राङ न्‍हङ‍री चा गिकसेम गिकदा मान लगै भिसी म्‍हन्‍बा, तर परमेश्‍वरग्‍याम जे याङ्बा मान चा किन्‍बारी आम्‍हाइबा।