John 5:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसलाई त्‍यहीँ नै लडिरहेको देख्‍नुभयो। ऊ धेरै वर्षदेखि बिरामी भएको थाहा पाएर येशूले उसलाई भन्‍नुभयो, “के तिमी निको हुन चाहन्‍छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यसलाई त्‍यहाँ पस्रिरहेको देख्‍नुभयो अनि लामो समयदेखि त्‍यो यस दशामा रहेछ भनी जानेर येशूले त्‍यसलाई भन्‍नुभयो, “के तिमी निको हुन चाहन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः यशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”
Nepali Tamang 2011
येशूसे थे थेरीन म्‍हेर्सी चिबा म्राङ्जी। ओच्‍छे थे ल्‍हानान दिङहेन्‍से आखम्‍बा चीम भिबा था याङ्सी येशूसे थेदा “तिग एदा खम्‍बा सेम मुला?” भिसी ङ्‌योइमा,